ध्यान दिनुहोस्: यो लेखले दर्ता प्रक्रिया कसरी गर्ने भन्ने स्टेप–बाइ–स्टेप गाइड दिएको छैन।
नेपालमा दराज व्यवसाय सुरु गर्ने कुरा सुन्दा निकै रोमाञ्चक लाग्छ—नयाँ उत्पादन, नयाँ अवसर, र आफ्नै केही बनाउने मौका। तर सबैभन्दा पहिलो चरण व्यवसाय दर्ता गर्दा धेरैजसो मानिस त्यहीँ रोकिन्छन्।
सरकारी कार्यालय, कागजपत्र, लाइन, झन्झटिला प्रक्रिया… यही ठाउँमै धेरै इच्छुक विक्रेता थाकेर छाडिदिन्छन्। कसैले त पहिलो प्रोडक्ट अपलोड गर्नुभन्दा पहिले नै हार मानिसक्छन्।
तर यदि तपाईंले सफल दराज स्टोर बनाउने लक्ष्य राख्नुभएको छ भने एक कुरा स्पष्ट बुझ्नुपर्छ:
तपाईंको समय दर्ताको झन्झटभन्दा धेरै मूल्यवान छ।
किन म आफ्नै व्यवसाय दर्ता गर्दिन?
सिधा कुरा गरौँ: म मेरो बहुमूल्य समय सरकारी कार्यालय धाउने काममा खर्च गर्दिन। न त वडा कार्यालय, न कर कार्यालय, न प्यान कार्यालय धाउछु।
किन?
किनकि म entrepreneur हुँ—म मेरो समय व्यापार बनाउने काममा खर्च गर्छु, bureaucracy सिक्न होइन।
मैले सोच्नुपर्छ:
- कुन प्रोडक्ट ल्याउने?
- कहाँबाट source गर्ने?
- राम्रो फोटो कसरी खिच्ने?
- perfect listing कसरी बनाउने?
- बेच्ने product description कसरी लेख्ने?
- ads कसरी plan गर्ने?
- creative design कसरी गर्ने?
- Daraz algorithm कसरी काम गर्छ?
- margin र traffic कसरी बढाउने?
यति मात्र नै पूर्ण–समयको काम हो।
त्यसैले म के गर्छु?
मैले जस्तै हरेक स्मार्ट entrepreneur ले गर्ने गर्छ—
व्यवसाय दर्ता गरिदिने एजेण्ट राख्ने।
एजेण्ट राख्नु किन सबैभन्दा स्मार्ट निर्णय हो
एजेण्टलाई पहिले नै थाहा हुन्छ:
- कुन–कुन कागज चाहिन्छ
- कुन अफिसमा कोसँग कुरा गर्नुपर्छ
- प्रत्येक स्टेप कति लाग्छ
- कहाँ ढिलाइ हुन सक्छ
- कसरी छिटो प्रक्रिया अघि बढाउने
तपाईंले त केवल आवश्यक जानकारी र दस्तावेज दिनुपर्छ, शुल्क तिर्नुपर्छ, अनि काम सकिन्छ।
त्यसबेला तपाईं भने आफ्नो असली काममा लागिरहनुहुन्छ—
स्टोर बनाउने र आम्दानी सुरु गर्ने।
व्यवसाय लाइनमा उभिएर होइन,
काम गरेर बढ्छ।
आफ्नो व्यवसाय बढाउने काममै फोकस गर्नुहोस्
धेरै नयाँ seller हरू सुरुमै मानसिक रूपमा थाकेर हार मान्छन्। उनीहरूले आफ्नो ऊर्जा कागजपत्रमा खर्च गर्छन्, उत्पादन र मार्केटिङमा होइन।
तर सफल seller हरू ठीक उल्टो गर्छन्।
उनीहरूले आफ्नो समय र दिमाग खर्च गर्छन्:
- बजार बुझ्न
- उत्पादन सुधार्न
- राम्रो creative बनाउन
- Daraz ads सिक्न
- ब्रान्डिंग बनाउन
- नयाँ अवसर परीक्षण गर्न
दर्ता जस्ता समय खाने तर कम productive काम—
उनीहरूले outsource गर्छन्।
यदि तपाईंले दराजमा बेच्न सुरु गर्न चाहनुहुन्छ भने
तपाईंको दिमाग सृजनात्मक सोच, रणनीति, र execution मा केन्द्रित हुनुपर्छ—
कागजपत्रमा होइन।
अन्तिम सुझाव
यदि तपाईं साँच्चिकै e-commerce मा सफल हुन चाहनुहुन्छ भने:
👉 एजेण्ट राख्नुहोस्।
👉 दर्ता गर्ने काम उनीहरूलाई दिनुहोस्।
👉 आफू व्यवसाय बनाउनेतिर लाग्नुहोस्।
किनकि अन्त्यमा—
सफलता लाइन बसेर पाईदैन ।
सफलता तपाईंले idea, product र execution मा लगाएको समय आउँछ।
*SPOILER: This article does not show step by step guide about the registration process.
Starting a Daraz business in Nepal sounds exciting—new products, new opportunities, and a chance to build something of your own. But the very first step, registering a business, is where most people get stuck.
Government offices, paperwork, long queues, confusing procedures… exactly here, countless aspiring sellers lose momentum. Many give up even before they launch their first product.
But if your goal is to build a successful Daraz store, you need to understand one thing clearly:
Your time is far more valuable than the hassle of registration.
Why I Don’t Register My Own Business (And You Shouldn’t Either)
Let me be completely honest: I don’t spend my precious time running around government offices. I don’t jump from ward office to tax office to PAN office.
Why?
Because my job as an entrepreneur is not to learn bureaucracy.
My job is to build a business.
I need to think about:
- What products to launch
- Where to source them
- How to shoot quality photos
- How to create perfect listings
- How to write product descriptions that actually sell
- How to plan ads
- How to design creatives
- How to understand Daraz algorithms
- How to maximize margins and traffic
This alone is a full-time job.
So instead of wasting days or even weeks dealing with paperwork, I do what every smart business builder does:
I hire an agent to register the business for me.
Why Hiring an Agent is the Smart Move
A good registration agent already knows:
- Exactly which documents you need
- Which officers to meet
- How long each step takes
- Where delays can happen
- How to fast-track the process
You just give them what they ask for, pay their fee, and the job is done.
Meanwhile, you stay focused on what actually matters—launching your store and generating revenue.
Remember, business grows through action, not through standing in government lines.
Focus on the Work That Grows Your Business
Most new sellers fail because they get mentally exhausted even before the real work starts. They put all their energy into procedures instead of product and marketing.
But the ones who succeed do the opposite.
They outsource the parts that drain their time and use their energy where it matters:
- Understanding the market
- Improving product quality
- Building better creatives
- Learning Daraz ads
- Creating long-term branding
- Testing new opportunities
If you want to start selling on Daraz, your mind should be free for creation, strategy, and execution—not for paperwork.
Final Advice
If you truly want to grow in e-commerce:
👉 Hire an agent.
👉 Let them handle the registration.
👉 You focus on building your business.
Because at the end of the day, success doesn’t come from standing in lines…
Success comes from the hours you put into ideas, products, and execution.






