यो लेख पढ्दै गर्दा तपाईंहरूमध्ये धेरै जना सधैँका लागि नेपाल फर्कने योजना बनाइरहनुभएको हुन सक्छ, वा कोही पहिले नै नेपाल फर्किसक्नु भएको छ र अब नेपालमै केही गर्ने सोचमा हुनुहुन्छ। यदि तपाईं यही अवस्थामा हुनुहुन्छ भने, यो लेख तपाईंका लागि नै हो।
आफ्नो देश छोडेर परदेशमा बस्नु कस्तो हुन्छ, त्यो अनुभूति मैले पूर्ण रूपमा बुझ्न सक्दिन होला। जहाँ तपाईंलाई कोही चिन्दैन, तपाईंले पनि कसैलाई चिन्नु हुँदैन—सबै कुरा अनौठो, एक्लोपनले भरिएको, कहिलेकाहीँ त सुनसान सहर जस्तै लाग्छ। तर तपाईंले त्यो जीवन जिउनुभयो, सहनुभयो र त्यही अनुभवले तपाईंलाई अझ बलियो बनायो। त्यसैले तपाईं सम्मानको योग्य हुनुहुन्छ, टाउकोमा ताज राख्न लायक हुनुहुन्छ, र जीवनका सबै राम्रा कुराहरू पाउने हकदार हुनुहुन्छ।
त्यही कारणले मैले तपाईंका लागि एउटा व्यवसायिक अवसर तयार गरेको छु, जसबारे यो लेखमा कुरा गर्नेछु।
म बारम्बार मानिसहरूलाई Daraz व्यवसाय सुरु गर्नुस् भनेर भन्दै आएको छु, र अझ ठूलो स्वरमा भन्दै जानेछु। केवल अवसर देखिँदैन भनेर हाम्रा दाजुभाइहरू विदेश जानु दुखद कुरा हो। तर सत्य के हो भने—नेपालमै पनि अवसरहरू छन्, यदि तपाईंले सही बाटो देख्नुभयो भने।
र तपाईं त अझै एक कदम अगाडि हुनुहुन्छ।
यदि तपाईं विदेशमा बस्नुभएको छ भने, तपाईंले Amazon को बारेमा पक्कै सुन्नुभएको छ वा त्यहाँबाट किनमेल गर्नुभएको छ। Amazon जस्तै नेपालमा Daraz छ—जहाँ अनलाइन सामान किनबेच हुन्छ। अझ महत्वपूर्ण कुरा के हो भने, विदेशमा बस्दा तपाईंले कुन प्रकारका सामानहरू बढी बिक्री हुन्छन्, मानिसहरूलाई के मन पर्छ, कुन ट्रेन्ड चलिरहेको छ—यी सबै कुरा आफ्नै आँखाले देख्नुभएको छ।
अब सोच्नुस्—त्यही ज्ञान नेपालमा प्रयोग गर्नुभयो भने?
तपाईं चीनबाट सामान आयात गर्न सक्नुहुन्छ, वा नेपालमै उत्पादन गरेर Daraz मार्फत बिक्री गर्न सक्नुहुन्छ। Daraz मा बेच्न सुरु गर्नु सजिलो छ, विस्तार गर्न सकिने छ, र सबै काम घरबाटै गर्न सकिन्छ। यी सबै प्रक्रियाबारे मैले ब्लगमा विस्तृत लेखहरू पनि राखेको छु।
सुरु गर्ने सरल प्रक्रिया यस्तो छ:
- एउटा प्रोडक्ट सोच्नुस्
- Daraz मा खोज्नुस्
- प्रतिस्पर्धा जाँच गर्नुस्
- सामान ल्याउनुस् वा उत्पादन गर्नुस्
- व्यवसाय दर्ता गर्नुस्
- Daraz seller account खोल्नुस्
- बिक्री सुरु गर्नुस्
सबैभन्दा राम्रो कुरा के भने—
ठूलो अफिस चाहिँदैन।
भाडा तिर्नु पर्दैन।
घरबाटै सबै सम्भव छ।
बिस्तारै, तपाईंको मेहनतले फल दिन थाल्छ।
यो काम तपाईं आजैदेखि सुरु गर्न सक्नुहुन्छ।
विदेशको अनुभव खेर गएको होइन।
त्यो त तपाईंको तयारी थियो।
While you’re reading this post, many of you may be planning to return to Nepal for good—or you may have already returned and are now thinking seriously about starting a business here. If that’s you, this article is for you.
I may never fully understand how it feels to leave your own country and live in a foreign land—where no one knows you, and you don’t know anyone. It can feel lonely, unfamiliar, and overwhelming, almost like living in a haunted city. But you’ve already lived that life. You’ve faced it, survived it, and grown through it. For that alone, you deserve respect, a crown on your head, and every good thing life has to offer.
That’s exactly why I’ve prepared a business idea for you—one I’ll explain in this article.
I’ve been telling people again and again to start a Daraz business, and I’ll keep saying it even louder. It’s heartbreaking to see our youth leaving Nepal simply because they don’t see opportunities here. But the truth is, opportunities do exist—if you know where to look.
You already have an advantage.
If you’ve lived abroad, you’ve probably used or at least heard of Amazon—a massive online marketplace where people buy and sell products every day. Daraz works in a very similar way in Nepal. And here’s the key point: you already understand what products sell, what customers like, and what trends work—because you’ve seen it firsthand while living abroad.
Now imagine this:
You bring those ideas back to Nepal.
You can import products from China or manufacture them locally in Nepal and sell them through Daraz. Selling on Daraz is simple, scalable, and can be done entirely from home. I’ve already written multiple detailed articles about this process in the blog section.
Here’s a simple path to get started:
- Think of a product
- Search it on Daraz
- Check the competition
- Source or manufacture the product
- Register a company
- Create a Daraz seller account
- Start selling
The best part?
You don’t need a big office.
You don’t need to pay rent.
You can run everything from home.
Slowly, steadily, your hard work starts paying off.
This is something you can start right now.
Your experience abroad was not wasted.
It was preparation.






