How to Stay Focused All The Times

यो पोस्ट काम गर्दा आफू कसरी फोकस रहिरहने भन्ने विषयमा हो।

तपाईंलाई के लाग्छ — संसारका केही मान्छे मात्र किन लाइमलाइटमा आउँछन् र अरू सामान्य भएर जान्छन्? किन सबै असामान्य हुन सक्दैनन् र सीमित भएरै जान्छन्?

किनभने — ती व्यक्तिहरू एउटा यस्तो कुरा गर्छन् जो सामान्य मान्छेले गरिरहेका हुँदैनन्। अरूभन्दा फरक हिसाबले काम गर्छन्, अरूभन्दा फरक सोच्छन्। तेही भएर तिनीहरू अरू जस्तो हुँदैनन् — तर आफू जस्तो हुने गर्छन्।

तर सामान्यतया मान्छेहरू अरू जस्तो हुन खोजिरहेका हुन्छन् — तेही भएर उनीहरूले आफूलाई लिमिट गरिरहेका हुन्छन्। कटु सत्य यही हो। कसैलाई सुन्न मीठो नलागोस्, तर यही हो। तपाईं जतिसुकै मेहनत गर्नुहोस्, जबसम्म तपाईं अरूकै फोटोकपी हुने कोशिश गरिरहनुहुन्छ, तबसम्म तपाईं सामान्यको भीडमा हराइरहनुहुन्छ।

दुई वटा Zone तयार पार्नुहोस् — यो बुझ्न जरुरी छ
हाम्रो जीवनमा दुई वटा Zone तयार पार्न जरुरी छ:

🔴 Zone १ — बाहिरी संसार
अहिले चलिरहेकै संसारमा चल्ने, अहिलेकै संसारमा हराउने, रमाइलो गर्ने — जसरी सामान्यतया जीवन चलिरहेको छ, त्यसरी नै। यो Zone मा त जोकोही भुल्न चाहन्छ — किनकि त्यहाँ comfort हुन्छ, त्यहाँ आनन्द हुन्छ, त्यहाँ हाँसो मजाक हुन्छ।

तर यो सबले आफूले चाहेको कुरा हरू गर्न धेरै गाह्रो पर्छ।

हुनसक्छ कसैले गरिरहेको कुरालाई गर्न सकिएला — Copy-Paste भनौं। तर unique भएर, आफ्नो सोचबाट परिचालित भएर काम गर्न Zone 2 नै आवश्यक पर्छ।

🟢 Zone २ — आफ्नो संसार
आफूमै हराउने। शान्तमा बस्ने। कुनै कुरा Feel नै नगर्ने — रिस, डाहा, घृणा — कुनै पनि Emotion नदिने। बस चुपचाप।

हो, मलाई थाहा छ — दोस्रो Zone बोरिंग हुनसक्छ। तर तेही हो कसैलाई आफ्नो Limitations भन्दा माथि पुर्‍याउने कुरा।

Zone 2 ले आफू को हो भनेर सिकाउँछ। आफ्नो क्षमता के हो दर्साउँछ। असली जीवनको यात्रा सिकाउँछ। र मुख्य गरी — केही नयाँ सुरुवात गर्नेलाई यो अति आवश्यक छ।

चुप बस्नुहोस

चुप बस्नु नै सबैभन्दा ठूलो वरदान हो
अब यहाँ कुरा आउन सक्छ — “कसैले मलाई गाली गरेर जान्छ भने म चुप बस्दिन!” — “एसले मलाई धक्का दियो, म चुप बस्दिन!” — “मलाई एसले Comment मा यस्तो भन्यो, म चुप बस्दिन!”

यहाँ के भइरहेको छ भने — कुनै दोस्रो Factor ले गर्दा कसैको दिमाग खलबलिरहेको छ। आफ्नो कारणले पनि होइन। कोही तेस्रो पक्ष आएर तपाईंको ध्यान भंग गर्न खोज्दैछ — र ध्यान भंग पनि हुँदैछ।

आफ्नो नियन्त्रण केवल आफूले मात्र गर्ने हो। यहाँ त कसैले तपाईंलाई नियन्त्रण गरेको जस्तो देखियो र तपाईं नियन्त्रित भइरहनु भएको छ।

त्यसैले — चुप बस्नुहोस्। सबै कुराको उत्तर दिन जरुरी छैन। हरेक कुरामा आफ्नो उपस्थिति जनाइहाल्न जरुरी छैन। आफ्नो काम, आफ्नो कर्मभन्दा बाहिरको क्षेत्रमा जान आवश्यक नै छैन।

त्यसैले Silence जरुरी छ।

जो मान्छे हरेक कुरामा React गरिरहन्छ, त्यो मान्छे कहिल्यै Focus हुन सक्दैन। React गर्ने मान्छे अरूको कठपुतली हो — आफ्नो होइन। तपाईंको ऊर्जा सीमित छ। त्यसलाई हरेक ठाउँमा खर्च गर्दै हिँड्नु भनेको आफ्नो बारुद अरूको युद्ध लड्न फालिदिनु हो।

एक्लै रहनूहोस

Isolate हुनु भनेको आफैमा हराउनु हो
आफैलाई समय दिनु हो।

साथीभाइ, भोजभतेर, पार्टी, रक्सी — केही समयका लागि अन्त्य गर्न जरुरी छ। अघि भनेजस्तै Zone 1 र Zone 2 दुवै एकसाथ जिउन सकिँदैन।

काम सुरु गर्दा, नयाँ सोच्दा, नयाँ Idea लिएर आउँदा — Zone 2 मा बस्न जरुरी छ। कुनै बेला Zone 1 मा जाँदा फरक पर्दैन — तर Zone 2 मा Back हुन भने बिर्सिनु हुँदैन।

किनभने असली जीवनको रस — तेही Zone 2 मा छ।

संसारले तपाईंलाई भन्छ — “सामाजिक बन, मिलेर बस, सबैसँग हाँसेर बोल।” तर कसैले भन्दैन — “केही समय एक्लै बस, आफूलाई चिन, आफ्नो दिमागलाई शान्त राख।” किनभने यो कुरा भन्दा समाजलाई डर लाग्छ — यदि मान्छे आफैमा हराउन थाले भने, त्यो समाजको Control बाट बाहिर निस्कन्छ। र Control गुमाउन कसलाई मन छ र?

पढ़न सुरु गर्नुहोस

Screen Time कम गरेर किताबमा बढी Focus गर्दा धेरै Changes पाउनुहुनेछ।
म कुनै School, College, University का किताबको बारेमा भनिरहेको छैन। वास्तवमा Confusion Create गर्ने, हाम्रो मस्तिष्कलाई Limit गर्ने त तेही किताबहरू नै हुन्।

बरु ती किताब घरमा छन् भने कबाडीलाई दिनुहोस् — कमसेकम चटपट पसलहरूमा त काम लाग्छ।

हो, मैले भनें। ती Textbook हरू जसले तपाईंलाई एउटा मेसिन बनाउन खोज्छन् — सोच्ने क्षमता मारेर, रट्ने बानी बसालेर — ती किताबहरूभन्दा कबाडीको कागज बढी मूल्यवान छ। यो controversial लाग्छ? लागोस्। सत्य कहिल्यै comfortable हुँदैन।

किताब त्यो पढ्नुहोस् — जसले जीवन जिउने तरिका सिकाउँछ, जसले समय Manage गर्ने तरिकाको बारेमा बढी ध्यान केन्द्रित गर्छ।

जब सही किताब पढ्न थाल्नुहुन्छ — तपाईं एकछिन रिसाउनुहुन्छ। तपाईं यो कारणले रिसाउनुहुन्छ कि — तपाईंलाई सबै कुरा गलत सिकाइएको रहेछ। तपाईंलाई Manipulate गरिएको रहेछ। तपाईंलाई Control गरिएको रहेछ।

एकछिन त यस्तो लाग्छ कि — एउटा कुनै हतियार उठाऊँ र अन्धाधुन्ध चलाइदिऊँ!

तर अन्त्यमा — त्यो ज्वाला, त्यो शक्ति, त्यो क्रोध, त्यो ऊर्जालाई सही दिशा देखाउने क्रान्तिमा प्रयोग गर्नुपर्छ। आफूले गर्न खोजेको कामममा सही प्रयोग गर्नुपर्छ।

सुन्ने बानी बसालनूहोस

हामी अहिलेसम्म के गरिरहेका छौं? सुनिरहेकै त छौं — “गलत सूचना”
एउटा राम्रो बानी के छ भने — हामी कमसेकम सुन्छौं, गलत नै भएपनि। केवल यसलाई बदल्न मात्र बाँकी छ।

जसरी गलत सूचना सुनेर हामी Negatively Influence भइरहेका छौं — त्यसरी नै Positive कुरा सुनेर Positively Influence किन नहुने त?

लगाउनुहोस् Earphone कानमा — र बज्न दिनुहोस् राम्रा कुरा:

ध्यानका कुरा
आफूलाई प्रेरित गर्ने गाना
जीवनका पाठहरू
तपाईंका Favorite Guru ले बोलेका कुरा
बस — Zone 1 मा भएका मान्छेहरूका कुरा सुन्न छोड्नुहोस्।

तपाईंको कान एउटा Gate हो। जे त्यो Gate बाट भित्र पस्छ, त्यसैले तपाईंको दिमाग बनाउँछ। हरेक दिन Gossip, Drama, नकारात्मक कुरा सुनेर बस्नुहुन्छ भने तपाईंको दिमाग त्यही भइसक्यो — कचराको भण्डार। र कचराको भण्डारबाट कहिल्यै Innovation जन्मँदैन, कहिल्यै Focus आउँदैन।

आफू बन्नुहोस्

हामी अक्सर कसैलाई Follow गर्न चाहन्छौं। किन? किनकि यो सबैभन्दा सजिलो काम हो। आफ्नो सोचै नै हुँदैन — बस कसैले सोचिदिएको सोचमा चले पुग्छ।

“पहिला उसले गरेको हेर्छु — यदि यो Fail भयो भने कमसेकम मैले केही Loose त गर्न पर्दैन। यदि यो Pass भयो भने म पनि Pass हुन्छु।”

यो सबैभन्दा गलत सोचाइ हो। र यसले दिमागले गर्नसक्ने कुरालाई Limit गरिदिन्छ।

आफू बन्नुहोस्। आफू बन्दा त्यहाँ धेरै गल्तीहरू हुनेछन्।

अनि के — गल्ती गर्नु गल्ती हो र?

के को लागि जन्मेको हो हामी? खाना? पैसा कमाउन? गाडी चढ्न र घर बनाउन मात्र? होइन — हाम्रो काम यहाँ धेरै ठूलो छ।

हामी हामी बन्न जरुरी छ। जब हामी जस्तो धेरै हामी बाँच्छन् — तब त्यो समाजको कल्पना गरेर हेर्नुहोस्:

सबको आफ्नो आफ्नो सोच
आफ्नो आफ्नो विचार
आफ्नो आफ्नो Invention
आफ्नो आफ्नो गल्ती
आफ्नो आफ्नो सिकाइ
तेही भएर Pass-Fail भन्ने केही कुरा नै छैन यो संसारमा। तेही कबाडी किताबले ठाप्लोमा हालिदिएको मात्र — एउटा कचरा हो भन्दा फरक पर्दैन। त्यसैले दिमागको कचरा हटाउनु छ भने झोला भित्र भएको कचरा त्यो कचरावालालाई दिइदिनुहोस्।

अन्तिम कुरा
यो लेखमा मैले Focus कसरी हुने भन्ने विषय प्रस्तुत गर्दा — “यसो गर्नुहोस्, उसो गर्नुहोस्, दिनको एति घण्टा पढ्नुहोस्, चिसो पानीले नुहाउनुहोस्” — भनेर टुंग्याइदिन सक्थें।

तर यहाँ विशेष व्यक्तित्वहरू हुनुहुन्छ — जो साँच्चि केही गर्न खोज्दै हुनुहुन्छ।

याद गर्नुहोस् — तपाईं Special हुनुहुन्छ।
बाहिरी संसारलाई थोरै Side मा लगाइदिनुहोस् — र आफ्नो संसारमा जिउन थाल्नुहोस्।

तेही हो सबैभन्दा ठूलो Focus Mode।

आफ्नो हिसाबले जिउनु नै सबैभन्दा ठूलो Focus Mode को पाठ हो।

— Focus Mode by Nischal | How to Stay Focus |

Related articles

Private Label in Nepal – A New Era for Nepali E-commerce

Ecommerce in Nepal is growing fast. But within this...

How to Create a Brand in Nepal: Real Basics for Beginners

ब्रान्ड बनाउनु कुनै ठूलो कुरा होइन: नेपालमै सम्भव छ हामी...

How Fulfilled by Daraz (FBD) Works in Nepal – Simple Explanation

If you've been thinking about selling products online in...

Coming Back to Nepal? Build a Home-Based Business by Selling on Daraz

यो लेख पढ्दै गर्दा तपाईंहरूमध्ये धेरै जना सधैँका लागि...

How to Become a Daraz Seller in Nepal (Requirements + 4 Steps)

नेपालमा Daraz Business सुरु गर्न के–के चाहिन्छ? (४ सजिला...

Case Studies

1861
Content & copywriting

iMangoss

Nischal’s journey began in 2015 with his first website, iMangoss.net, where he turned his deep interest in technology into a creative outlet. What started...
1866
Trading

DAY TRADING

Nischal has also put his hands into day trading, expanding his curiosity and discipline into the world of financial markets. What started as a...
1871
E-commerce

iAN

Nischal’s journey into the digital world began in 2015 with the launch of his first website, iMangoss.net. What started as a small idea soon...